रुख हुर्काउनेको मर्म बुझ्न सरकारलाई उपभोक्ताको आग्रह [भिडियो सहित]

नेपालन्यूज

कपिलवस्तु

काठ कटान र ओसारपसारलाई सरकारले गत जेठ १५ गते देखि ठप्प पारेको छ। रुख हुर्काउने उपभोक्ता घर बनाउने काठ लिने तयारीमा थिए तर यो निर्णयले उनीहरु माथि अन्याय भएको भन्दै उपभोत्ताहरुले सरकारसँग मर्म बुझ्न आग्रह गरेका छन्।

मायादेवि साझेदारी वन व्यवस्थापन उपभोक्ता समुह कपिलबस्तुका संयोजक अव्दुल जजित खाँ गोलिया मात्र हेर्ने ठेकेदारले सरकारलाई प्रभावमा पारेको आरोप लगाए। बन हुर्काउने उपभोक्ताको मर्म बुझेन भने वनको संरक्षण नहुने भन्दै तत्काल उपभोक्ताको हितमा निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्।

कैलालीमा सामुदायिक वन लाई बैज्ञानिक वन व्यवस्थापन गर्ने भन्दै मिलोमतोमा रुख कटान गरेको उनीहरुको आरोप छ। दोषीलाई छानविन गरी कडा कारवाही गर्नु पर्छ तर देशभर समस्यामा बनाउनु उचित होइन उनले भने,। ठेकेदारले आर्थिक प्रलोभनमा पारेर लकडाउनको समय भित्रै बैसाख ५ गते ५ वटा वन समुहलाई साझेदारी वन गठन गरी बैज्ञानिक वन व्यवस्थापन गर्ने कार्ययोजना पारित गरी रातारात वन कटान गरेको उनीहरुको आरोप छ। एकै दिन त्यो पनि लकडाउनमा ५ वटा कार्ययोजना स्वीकृत गरेर बैज्ञानीकको नाममा ठेकेदारले काठ कटाउन बाध्य बनाएको सत्य हाे । यसै वर्ष मात्र ४० वटा कार्ययोजना परित गरेको छ। यो असम्भव कुरा हो तर काठको टेन्डरमा ठेकेदार विचनै कुरा नमिल्दा यो रहस्य बाहिरीएको थियो ।

प्रकाशित मिति: : 2020-08-11 18:14:17

प्रतिकृया दिनुहोस्