नेपालमा काेराेना संक्रमणबाट थप ८ जनाकाे मृत्यु, मृतककाे संख्या ९१ पुग्याे

नेपालमा काेराेना भाइरस संक्रमणबाट थप ८ जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार जनकपुरका दुई, सप्तरी, कपिलवस्तु तौलिहवा, काठमाडाैं टेकु, मोरङ, बारा कलैया र धादिङका १/१ जनाकाे मृत्यु भएकाे भएकाे हाे। 

कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको मंगलबार राती मृत्यु भएको छ।

कोरोनाको लक्षण देखिएर २५ गते भर्ना भएका कपिलवस्तुका पुरुषमा सोही दिन नै पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

सोही दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएकाे थियो। मंगलबार राती स्वास्थ्यमा थप समस्या देखिएर उनको मृत्यु भएको हाे।

यता सप्तरीमा एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

सप्तरीको राजविराज नगरपालिका ६ का ७२ वर्षिय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको हाे।

करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएकाे छ।

मृतक थाइराईड तथा मुटु सम्बन्धित रोगी थिए। मृतकको कुनै ट्राभेल हिस्ट्री छैन।

ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी गत साउन २६ गते अस्पतालमा भर्ना भएका थिए।

आइसियुमा उपचारका क्रममा मंगलबार साँझ ६ बजे मृत्यु भएको छ।

यता ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती वृद्धको आइसियुमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हाे।

बारा कलैया घर भएका ७७ वर्षीय पुरूषलाई त्रिवि शिक्षण अस्पतालले किस्ट ‘रिफर’ गरेको थियो। ती वृद्धलाई गत साउन २६ गते अस्पताल भर्ना गरिएकाे थियाे।

उनकाे आज बिहान मृत्यु भएकाे हाे। मृत्यु भइसकेपछि उनमा कोरोना पोजेटिभ देखिएको हाे।

बुधबार नै किस्ट अस्पतालमा टेकुकी ७८ वर्षीय महिलाको पनि मृत्यु भएको थियो। धादिङ स्थायी घर भएका उनी श्वासप्रश्वास तथा मिर्गौलाका बिरामी थिए।

यता धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ५५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

मोरङ स्थायी घर भएका पुरूषको बुधबार राति १ बजेर २० मिनेट जाँदा मृत्यु भएको हाे।

रूघाखोकी, श्वासप्रश्वासमा समस्या भएको, ज्वरो आएको सिकिस्त बिरामी २६ गते भर्ना भएका थिए। 

यता कोरोना संक्रमित जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ। गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा  मंगलबार राति निधन भएको हो।

७३ वर्षीय गिरी मुटु रोगी थिए। उनलाई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

उनकाे पछिल्लो एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेका थियाे।

यता ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

जनकपुरकी ती ३८ वर्षीय महिलाको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो।

उनलाई १८ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई मेनिन्जाइटिस पनि भएको थियो।

याेसँगै मृतककाे संख्या ९१ पुगेकाे छ।
 

प्रकाशित मिति: : 2020-08-12 16:48:52

प्रतिकृया दिनुहोस्