एट्लेटिको मड्रिडकाे वुमन्स टीमका ४ सदस्यमा कोरोना संक्रमण

एजेन्सी

काठमाडाैं

स्पेनिस क्लब एट्लेटिको मड्रिडकाे वुमन्स टीमका ४ सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार एट्लेटिकोले आफ्ना खेलाडी र प्रशिक्षक सदस्यसहित ४ जनामा कोरोना देखिएको जनाएको हाे।

च्याम्पियन्स लिगको तयारीमा रहेको एट्लेटिकाका खेलाडीमा कोरोना देखिएको हो। 

खेलाडीमा कोरोना देखिएसँगै एट्लेटिकोले टिमको प्रशिक्षण समेत स्थगित गरेको छ। 
 
चारै जना क्वारेन्टाइनमा रहेको एट्लेटिकोले जनाएको छ।

एट्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा अगस्ट २१ गते बार्सिलोनासँग खेल्दैछ।

प्रकाशित मिति: : 2020-08-12 18:37:46

प्रतिकृया दिनुहोस्