आजदेखि काठमाडौं आउन-जान पूर्ण रूपमा रोक

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएसँगै काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठकाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जाने पास बन्द भएसँगै आवत जावतमा पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ।

पाण्डेका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास नदिने बताए। 

गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो। पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने यथावत चल्न पाउनेछन्।

प्रकाशित मिति: : 2020-08-13 15:22:01

प्रतिकृया दिनुहोस्