हटस्पट कुलेश्वर : वडाध्यक्ष भन्छिन्- अवस्था भयावह भएपछि पूर्णरुपमा सिल गर्दैछौँ

काठमाडौं– काठमाडौं महानगरपालिकास्थित वडा नम्बर १४ मा कोरोना संक्रमितको संख्या बुधबारसम्म ३५ पुगेको छ। पसले तथा घरमै बसिरहेका मानिसहरुमा पनि कोरोना संक्रमण देखिन थालेपछि संक्रमणले भयावह रुप लिएको भन्दै वडा पूर्णरुपमा सिलको तयारी गरिएको वडाध्यक्ष सोभा सापकोटाले बताइन्।

‘हाम्रो वडामा त कोरोना संक्रमणले भयावह रुप लिएको अवस्था छ। वडा कार्यालको एक तल्लामाथि घरभेटीलाई कोरोना संक्रमण पुष्टि भएपछि ४ दिनदेखि वडा कार्यालय पनि सिल छ,’ अध्यक्ष सापकोटाले नेपाल लाइभसँग भनिन्। घरभेटीलाई कोरोना पुष्टिभएसँगै वडाका १४ कर्मचारीसहित ५ जना जनप्रतिनिधिको पनि कोरोना परीक्षणको तयारी गरिएको छ।

प्रकाशित मिति: : 2020-08-13 18:59:52

प्रतिकृया दिनुहोस्