सलमान खानको ‘टाइगर ३’ मंहगो लगानीमा निर्माण गरिने

एजेन्सी

मुम्बई

भारतीय कलाकार सलमान खानको सुपरहिट फ्रेन्चाइज फिल्म ‘टाइगर’ को तेस्रो सिक्वेल मंहगो बजेटमा शूटिङ हुने भएको छ ।

फिल्मको छायांकन छिट्टै शुरु गरिने भएको छ । खबरका अनुसार फिल्मको छायांकन अर्को वर्षबाट थालिनेछ । फिल्मको कथा सलमानले मन पराएको बताइएको छ ।

आउँदो वर्षको फेब्रुअरीबाट छायांकन थालिने भनिएको फिल्म ‘टाइगर ३’ महंगो बजेटमा निर्माण हुनेछ । भारतीय मिडियाका अनुसार यो फिल्म अहिलेसम्मको महंगो भारतीय फिल्म बन्नेछ ।

सलमान खान र आदित्य चोपडाले फिल्म निर्माणबारे कुराकानी गरेका छन् । यो फिल्म कैयन् देशका अलग–अलग स्थानमा छायांकन गरिनेछ ।

यद्यपि फिल्मको आधिकारिक जानकारी भने दिइएको छैन ।

प्रकाशित मिति: : 2020-08-14 09:11:41

प्रतिकृया दिनुहोस्