न्युजील्यान्डमा थप १२ दिन लकडाउनकाे घाेषणा

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा थप १२ दिन लकडाउन घोषणा गरेकी छन् । देशमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि लडाउन लम्बाउने निर्णय गरेकी हुन्।
न्युजील्यान्डमा कोरोना नियन्त्रण भएको १०२ दिनपछि थप १३ जनामा कोरोना संक्रमण देखिएको थियो। 

त्यहाँका अधिकनरीहरुका अनुसार अकल्यान्ड क्लस्टरमा अमेरिकोल्ड कूलस्टोरका एक कामदारमा कोरोना संक्रमण देखिएको थियो । उनी जुलाई ३१ मा बिरामी परेका थिए ।  त्यसपछि अरुमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसैले अकल्यान्डमा लेभल ३ को नियन्त्रण कायम रहने गरि र देशका अन्य भागमा लेभल २ को अलर्ट लगाइने उनले घोषणा गरेकी छिन् । 

‘हामीले सतर्कता अपनाएर थप १२ दिनको लकडाउन लगाउने निर्णय गरेका हौं । त्यो भनेको पूरै दुई हप्ता हो,’ आर्डर्नले भनिन् । 
 

प्रकाशित मिति: : 2020-08-14 13:45:57

प्रतिकृया दिनुहोस्