अपहरण मुद्दामा लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालयले उनलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ गरेको प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

दर्पण घिसिङ भन्ने व्यक्तिलाई बन्धक बनाएको आरोपमा हामीले पक्राउ गरेको उनले जानकारी दिए।

प्रहरीले उनलाई रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2020-08-14 17:34:53

प्रतिकृया दिनुहोस्