संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण

संघीय सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो। ६४ बर्षीय डा. यादव लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक सञ्चालन गर्दै आएका छन्।

बाल रोग विशेषज्ञसमेत रहेका डा. यादव आफू अहिले स्वस्थ्य रहेको भन्दै क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना सरेको जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-14 17:46:28

प्रतिकृया दिनुहोस्