अख्तियार र सीआइबीको नाममा ठगी गर्ने पत्रकार पक्राउ

अख्तियारको नाम लिएर ठगी गरेको आरोपमा  एक पत्रकारलाई प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। धादिङ  निलकण्ठ  नगरपालिका-१४  घर भई काठमाडौं तारकेश्वर नगरपालिका-११ नेपालटार बस्ने शकंर अधिकारीलाई ठगीको आरोपमा पक्राउ गरेको सीबीआईका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए।

उनले आफूलाई आलोचना साप्ताहिकका संवाददाता भएको बताएको सीआइबीले जनाएको छ।  काठमाडौंका  एक  व्यवसायीलाई अख्तियारमा मुद्दा परेको छ। उक्त मुद्दा सदर भइ पक्राउको लागि सीआइबीमा पत्रचार भएको छ।

मुद्दा हेर्ने सीआइबीका ईन्सपेक्टरले ५  लाख दिएमा मुद्दा ढुस बनाउने नत्र कुनै पनि समयमा  तपाईलाई प्रहरी पक्राउ गर्छ भन्दै डर  त्रास देखाई धम्क्याएर सीआइबीको नाममा रकम असूल गरी ठगी गर्न खोजेको भन्दै उनलाई निन्त्रणमा लिएको हो।

बसुन्धाराबाट पक्राउ परेको अधिकारीलाई आवश्यक कारवाहीको लागि ममहानगरिय प्रहरी  वृत,महाराजगञ्ज पठाइएको प्रहरी उपरीक्षक पाण्डेले जनाकारी दिए। ठगीमा  अन्य व्यक्तिको संलग्नता हुने  सक्ने  भन्दै अनुसन्धान  भइरहेको छ ।

प्रकाशित मिति: : 2020-08-14 18:00:03

प्रतिकृया दिनुहोस्