ग्लोवल आइएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

ग्लोवल आईएमई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले बज्राचार्यलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बज्राचार्य यसअघि सनराइज बैंकमा थिए । उनले भदौ १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।

उनी दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । यसभन्दा अघि बज्राचार्यले ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारीबाट २०७२ सालमा बाहिरिएका थिए ।

बज्राचार्य यसअघि सनराइज बैंकमा सीईओ थिए । सनराइज बैंकमा जानुअघि उनले ग्लोबल आइएमई बैंकमा पनि ४ वर्ष सीईओका रुपमा काम गरिसकेका छन् । उनले एनसीसी बैंकमा पनि प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका थिए ।

ग्लोबल आइएमई र जनता बैंक नेपाल मर्जर भएर बनेको ग्लोबल आइएमई बैंकमा नेतृत्व यसअघि साबिक जनता बैंकमा सीईओ रहेका पर्शुराम कुँवरले गरिरहेका थिए । कुँवरले राजीनामा दिएपछि ग्लोबलमा सीईओ पद रिक्त थियो ।

हालको ग्लोबल आइएमई बैंकमा जनता बैंक सहित अन्य १७ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएका छन् । ग्लोबल आईएमई बैंक चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक हो । जसको चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ छ ।

प्रकाशित मिति: : 2020-08-15 10:11:01

प्रतिकृया दिनुहोस्