कोभिड—१९ बाट नेपालमा मृत्यु हुनेको संख्या सय नाघ्यो, संक्रमित २६ हजार

कोरोना भाइरस (कोभिड—१९) बाट नेपालमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ।

शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृतकको संख्या एक सय नाघेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १-१ जना गरी शनिबार थप ३ जनाको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या १०२ पुगेको छ। जसमा ८० जना पुरूष र २२ जना महिला छन्।

कुन प्रदेशमा कति मृत्यु

प्रदेश १ मा ८ जना

प्रदेश २ मा ४६ जना

बागमती प्रदेशमा १७ जना

गण्डकी प्रदेशमा ६ जना

प्रदेश ५ मा १३ जना

कर्णाली प्रदेशमा ४ जना र

सुदूरपश्चिम प्रदेशमा ८ जना

पछिल्लो १० दिनमा ४२ जनाको मृत्यु

पछिल्लो १० दिनमा नेपालमा ४२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। साउन ३१ गते ३ जना

साउन ३० गते ४ जना

साउन २९ गते ४ जना

साउन २८ गते ८ जना

साउन २७ गते ४ जना

साउन २६ गते ४ जना

साउन २५ गते २ जना

साउन २४ गते ३ जना

साउन २३ गते ५ जना

साउन २२ गते ५ जना

जम्मा ४२ जना

संक्रमितको संख्या २६ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो २ बजेसम्म गरेको अध्यवधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा ४६८ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा ४ सय ६८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ। नेपालमा हालसम्म २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कहाँ कति संक्रमित

प्रदेश १ मा १ हजार नौ सय ७० जना

 प्रदेश २ मा सात हजार चार सय १८ जना

बागमती प्रदेशमा दुई हजार ६ सय ६० जना

गण्डकी प्रदेशमा १ हजार सात सय ९३ जना

प्रदेश ५ मा पाँच हजार ३५ जना

कर्णाली प्रदेशमा दुई हजार एक सय ६२ जना र

सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८१ जना

 

१७ हजार बढी संक्रमित निको

शनिबार विभिन्न जिल्लाका आइसोलेसनबाट १ सय २४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या १७ हजार २ सय एक जना पुगेको छ।

प्रदेश १ मा एक हजार एक सय आठ

प्रदेश नम्बर २ मा तीन हजार पाँच सय ४५

बागमती प्रदेशमा ६ सय ४१

गण्डकी प्रदेशमा एक हजार पाँच सय २५

प्रदेश नम्बर ५ मा चार हजार दुई सय ८६

कर्णाली प्रदेशमा एक हजार नौ सय ३३ र

सुदूरपश्चिम प्रदेशमा चार हजार एक सय ६३ जना

 

आइसोलेशनमा ८१९३ जना

शनिबारसम्म आइसोलेसनमा ८ हजार १ सय ९३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ। आजसम्म ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताएका छन् । आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन्।

कहाँ कति

प्रदेश १ मा आठ सय ५४

प्रदेश २ मा तीन हजार आठ सय २७

बागमती प्रदेशमा दुई हजार दुई

गण्डकी प्रदेशमा दुई सय ६२

प्रदेश ५ मा सात सय ३६

कर्णाली प्रदेशमा दुई सय २५ र

सुदूरपश्चिम प्रदेशमा आठ सय १० जना

क्वारेन्टाइनमा १४४४८

आजसम्म क्वारेन्टाइनमा १४ हजार ४ सय ४८ जना रहेका छन्।

कहाँ कति

प्रदेश १ मा दुई हजार सात सय १३

प्रदेश २ मा एक हजार सात सय

बागमती प्रदेशमा एक हजार ६४

गण्डकी प्रदेशमा दुई हजार नौ सय ८३

प्रदेश ५ मा दुई हजार ७३

कर्णाली प्रदेशमा सात सय ६० र

सुदूरपश्चिम प्रदेशमा तीन हजार एक सय ५५ जना

प्रकाशित मिति: : 2020-08-15 23:45:19

प्रतिकृया दिनुहोस्