कोरोनाका कारण भारतमा मर्नेको संख्या ५० हजार नाघ्यो, हरेक दिन ९ सयको निधन

भारतमा कोरोनाबाट मर्नेको संख्या ५० हजार नाघेको छ। शनिबार यो संख्या नाघेको हो। कोरोनाको महामारीमा सर्वाधिक मानिस मर्ने देशको सूचीमा भारत चौथो नम्बरमा छ। भारतभन्दा अगाडि अमेरिका, ब्राजिल र मेक्सिको छन्। यसपछि भारतको नाम आउँछ। 

भारतमा पछिल्लो १० दिनभित्र १० हजार मानिसले ज्यान गुमाएका हुन्। मर्नेको संख्या बढ्दै जाँदा सरकारको चिन्ता पनि बढेको छ। भारतमा कोरोनाबाट ११ मार्चमा पहिलो संक्रमितको निधन भएको थियो। पछिल्लो ४ महिनामा ५० हजारभन्दा बढीको निधनले सरकारको आलोचना हुन थालेको छ। 

विश्वमा हाल ७ लाख ६३ हजारभन्दा बढी मानिसको कोरोनाका कारण निधन भइसकेको छ। यसमा भारतमा मात्र ६ दशमलव ५ प्रतिशतले मानिसहरू मरिरहेका छन्। 

यसको सोझो अर्थ विश्वभरि कोरोनाको कारण मर्नेका संख्या सयमा ७ जना भारतीय पर्छन। अहिले सबैभन्दा बढी अमेरिका, ब्राजिल र भारतमा मानिसको निधन भइरहेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। 

कोरोनाका कारण विश्वमा मरेका मानिसहरूको तुलना गर्दा १८ दशमलव ८३ प्रतिशत मानिस अमेरिकामा मरेका छन्। यस्तै, १६ दशमलव ९३ प्रतिशत ब्राजिल र १६ दशमलव ६५ प्रतिशत भारतमा मरेका छन्। भारतमा मात्र अहिले दिनहुँ औषत ९ सयको ज्यान गइरहेको छ।

प्रकाशित मिति: : 2020-08-16 08:10:00

प्रतिकृया दिनुहोस्