अक्षय कुमारले बिहार र असमका बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एजेन्सी

मुम्बई

बलिउड अभिनेता अक्षय कुमारले बिहार र असमका बाढी पिडितका लागि एक करोड (भारतीय रुपैयाँ) सहयोग दिने भएका छन् । उनको यो सहयोगलाई बिहार र असम राज्यका मुख्यमन्त्रीहरुले आभार समेत प्रकट गरेका छन् । अक्षयका फ्यानले समेत उनको यो कदमलाई प्रसंसनिय भनेका छन् ।

अक्षय पछिल्लो समय फिल्म ‘बेल बटम’को सुटिङका लागि स्कटल्याण्डमा छन् । उनले दुबै राज्यको मुख्यमन्त्रीसँग सुटिङबाट फर्किएपछि रकम पीएम राहत कोषमा दिने बताएका छन् ।

आपतबिपतमा परेकाहरुका लागि अक्षयको यो पहिलो सहयोग भने होइन । देशमा संकट परेको समय अक्षय हमेसा अक्षय मद्दतका लागि अगाडि देखिदै आएका छन् ।

बिगत ४ महिनायता संसारभर आतक्क मच्चाएको कोरोना भाइरस बिरुद्धको लडाइमा पनि अक्षयले देशलाई कयौ पटक सहयोग गरिसकेका छन् । यसका लागि उनले पीएम कोषमा २५ करोड समेत दान गरेका थिए ।

प्रकाशित मिति: : 2020-08-16 08:59:48

प्रतिकृया दिनुहोस्