कोरोनाबाट मृत्यु होइन तर कोही आएनन् मलामी

किशोर बुढाथोकी

मोरङको विराटनगर महानगरपालिका-३ मा शनिबार राति ९ बजे एक ८७ वर्षीया वृद्धाको मृत्यु भयो। उनी कोरोना भाइरस संक्रमित नभए पनि संक्रमणमा पर्ने डरका कारण कोही मलामी भएनन्। घरबाट शव उठ्ने अवस्था भएन। तब छिमेकी र प्रशासनको समन्वयमा नेपाली सेनाले संक्रमितजस्तो गरी आइतबार साँझ उनको शव व्यवस्थापन गरेको छ।

कोरोना पोजिटिभ देखिएकाको शव मात्रै सेनाले व्यवस्थापन गर्छ। नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइन्छ।ती वृद्धाको परिवारका सदस्य भने संक्रमित छन्। उनका ५६ वर्षीय छोरा गत मंगलबारदेखि मारवाडी सेवा सदनको आइसोलेसनमा छन्। ५० वर्षीया बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ। वृद्धाको भने रिपोर्ट नेगेटिभ देखिएको छ।

प्रकाशित मिति: : 2020-08-17 07:19:28

प्रतिकृया दिनुहोस्