सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ। बैठक अहिले बिहान साढे ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ।
बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ। पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउन शुक्रबार ६ सदस्यीय कार्यदल अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेका थिए।
कार्यदलमा महासचिव पौडेलसहित शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन्।
कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको छ। कार्यदलले शनिबारदेखि नै काम थालिसकेको छ।