परिवारको रक्षा गर्न एके-४७ उठाउने अफगान किशोरीको सर्वत्र प्रशंसा, तर उनले पतिको हत्या गरिन् कि तालिबान लडाकुको?

बिबिसी

काठमाडौँ

कावून खामूश

गत महिना आफ्नो घरमा आक्रमण हुँदा १५ वर्षीया नूरियाले एके-४७ राइफल उठाइन् र दुई व्यक्तिको ज्यान लिइन् भने तेस्रोलाई घाइते बनाइदिइन्।

'नायिका' को रूपमा उनको चर्चा भयो। तर त्यस रातको घटनापछाडिको कथा निकै जटिल छ। नूरियाले तालिबान आक्रमणकारी वा आफ्नै पतिलाई गोली हानिन् कि दुवैलाई?

(सुरक्षाको निम्ति यसमा उल्लेख गरिएका सबै नाम परिवर्तन गरिएको )

ती मानिसहरू निस्पट्ट अन्धकार भएको बेला गाउँ पुगेका थिए। नूरियाका अनुसार झन्डै १ बजेको थियो। घरको अगाडिको ढोकामा ठूलो आवाज आयो। उनी बिउँझिइन्।

आफ्नो कोठामा शान्त रूपमा उभिइन्। अर्को कोठमा रहेको १२ वर्षीय भाइको बारेमा सोचिन्। उनले अभिभावकलाई ती मानिसहरूले बाहिर लगेको सुनिन्।

बीबीसीसँगको अन्तर्वार्तामा उनले त्यस रातको घटनाबारे सुनाएकी छन्। त्यसपछि गोली चलेको सुनेको बताउँदै उनले भनिन्, "उनीहरूले उहाँहरूलाई मारे।"

प्रकाशित मिति: : 2020-08-17 14:21:15

प्रतिकृया दिनुहोस्