साहसी स्वास्थ्यकर्मी, जसले हिलाम्य सडक छिचोलेर बोक्दै छन् 'स्वाब'

शिलापत्र

डडेल्धुरा

शेर भण्डारी 

पछिल्लो समयमा डडेल्धुरा सदरमुकाममा रहेका सडकको फोटो सामाजिक संजालमा निकै चर्चामा छन् । हिउँदको समयमा धुलाम्मे हुने सडक वर्षातको समयमा हिलाम्मे हुने गरेको कारणले पनि चर्चामा आउने गर्दछन् ।

पहाडी जिल्लाको ‘हिल स्टेशन’ का रूपमा परिचित जिल्ला सदरमुकामका सडकमा नै नाली नहुँदा सडकमा पानी बग्ने गरेको कारण सामाजीक संजालमा पानी जहाज चल्ने सडक भनेर भाइरलसमेत गरिएको छ ।

जिल्ला सदरमुकामा रहेको सडकको चर्चा चुलिँदै गर्दा डडेल्धुरामा आइतबार एकाएक दिनभरी ग्रामीण सडकको चर्चा सामाजिक सञ्जालमा निकै चल्यो । सडकको चर्चा चल्नुको कारण थियो, त्यही हिलाम्मे सडकमा १ जना स्वास्थ्यकर्मी ‘स्याम्पल कलेक्सन’ गर्ने भाँडो (क्यारियर बक्स) बोकेर मोटरसाइकलमा यात्रा गर्नु ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको पोखरा–बेलापुर सडकखण्डमा यात्रा गरिरहेका व्यक्ति थिए नवदुर्गास्थित चामा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी प्रेम साउँद हुन् । चारैतिर हिलाम्य ग्रामीण सक ड। हिलोमा फस्नै लागेको मोटरसाइकल । खुट्टामा चप्पल, चप्पल भरी हिलो । टाउकामो हेलमेट, कानमा मोबाइल, एक हातमा घडी र घाँटीमा झुण्ड्याएको क्यारियर बक्स बोकेर उनी जिल्ला सदरमुकामतिर आइरहेका थिए ।

प्रकाशित मिति: : 2020-08-17 16:45:29

प्रतिकृया दिनुहोस्