कलाकार सेलिब्रेटीका तीज योजना : कोरोनाको कहर, घरमै नाचौँ तीजको रहर

कुवेर गिरी

काठमाडौँ

विगतका वर्षहरूमा तीज आउनुभन्दा महिना दिन अगाडिदेखि नै चहलपहल हुनेगथ्र्याे । पार्टी प्यालेस मात्र होइन घरघरमै दर खाने र खुवाउने चलनले भीडभाड बढी देखिन्थ्यो । यो समय सहर बजारदेखि गाउँघरको वातावारण नै बेग्लै हुन्थ्यो । रेडियो, टीभी, पार्टीप्यालेस लगायतमा तीजका गीत घन्किन्थे ।

तर यो वर्ष तीज आउन अब केही दिन मात्र बाँकी रहँदा चारैतिर सुनसान छ । कतै पनि तीजका माहोल देख्न पाइन्न । तीजका लागि भनेर थुप्रै गीत बनेका भए पनि सार्वजनिक ठाउँमा बजेको सुन्न पाइन्न । कारण हो ‘कोरोण भाइरस’ । कोरोनाको कहरका कारण यो वर्षका पर्वहरु खल्लो हुँदै गइरहेको छ । समूहमा भेला भएर मनाइने पर्वसमेत घरभित्र खुम्चिएर मनाउनुपर्ने बाध्यता रहेको छ ।

यस्तैमा हामीले केही सेलिब्रेटीलाई यो पटकको तीज कसरी मनाउँदै हुनुहुन्छ भन्ने प्रश्न राखेका थियौँ । उनीहरुको जबाफ जस्ताको तस्तै ।

प्रकाशित मिति: : 2020-08-18 09:30:48

प्रतिकृया दिनुहोस्