एसईई नतिजा : विद्यालयको मूल्याङ्कनमाथि प्रश्न

शिलापत्र

काठमाडौँ

दिनेश गौतम

२०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गर्‍यो । कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । तर, बोर्डले जीपीएविना नै नतिजा सार्वजनिक गर्‍यो । अघिल्ला वर्षहरूमा २-४ जनाले मात्र ४ जीपीए ल्याएका हुन्थे । तर, यो वर्ष ९ हजार बढीले ४ जीपीए ल्याएका छन् । 

एसईईमा कुल ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले आवेदन दिएका थिए । जसमा ४ लाख ७२ हजार ७८ विद्यार्थीको प्राप्तांक बोर्डमा प्राप्त भएको थियो । कति विद्यार्थीले कति जीपीए ल्याए त्यो सार्वजनिक गरिएन । 

प्रकाशित मिति: : 2020-08-18 12:42:00

प्रतिकृया दिनुहोस्