डिउटीमा खटिएका ट्राफिकलाई जब जर्नेलले थर्काए... (भिडियोसहित) 

ठमेलको सञ्चयकोष भवन अगाडि चेकजाँचामा खटिएका ट्राफिक प्रहरीमाथि दुर्व्यवहार भएको छ । सरकारले कोरोना भाइसर नियन्त्रणक लागि सवारी साधन सञ्चालनमा जोर–विजोर प्रणाली लागु गरेको छ । उक्त नियम उलंघन गरेर मोटरसाईकल चलाएका चालकबाट ट्राफिक प्रहरीमाथि दुर्व्यवहार भएको हो । 

प्रदेश–३–०२–००१ प५६७५ नम्बरको बुटेल मोटरसाइकलमा आएका व्यक्तिले जाँचमा रहेका ट्राफिक प्रहरी माथि दुर्व्यवहार गरेका हुन् । उनले आफू नेपाली सेनाका जर्नेल भएको भन्दै ट्राफिक प्रहरीलाई धम्काएको भिडियोमा देखिन्छ । 

जर्नेल भने पनि उनी सेनाको पाेसाकमा भने देखिएका छैनन् । माेटरसाइकल केसरमहलबाट सञ्चयकाेष भवनकाे बाटाे अाउँदै गरेकाे िथयाे । 

‘आफू ठूलो मान्छे हुँ भन्दै आफूहरुलाई गाली गरे, ’ट्राफिक जाँचमा खटिएका एक प्रहरीले थपे, ‘मलाई रोक्ने को हो ? म ठूलो मान्छे हुँ भन्दै आमा उच्चारण गरेर गाली गरे ।’

प्रकाशित मिति: : 2020-08-18 15:59:21

प्रतिकृया दिनुहोस्