आइपीएलको प्रमुख प्रायोजक ड्रिम–११, चिनियाँ कम्पनी बाहिरिएपछि २१८ करोड घाटा

इन्डियन प्रिमियर लिग (आइपीएल) को प्रमुख प्रायोजक ड्रिम–११ घोषित भएको छ। टाटा र रिलायन्सलाई पछि पार्दै ड्रिम–११ यस वर्षको आइपीएलको प्रमुख प्रायोजक बनेको हो। 

आइपीएललाई प्रायोजन गरेबापत ड्रिम–११ ले २ सय २२ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने छ। करारको अवधि १८ अगस्टबाट सुरु भएर ३१ डिसेम्बरसम्म रहनेछ। 

यस वर्ष कोरोनाका कारण आइपीएल शृंखला १९ सेप्टेम्बरबाट सुरु भएर १० नोभेम्बरमा सम्पन्न हुनेछ। 

यसअघि आइपीएलमा चिनियाँ कम्पनी भिभोको प्रमुख प्रायोजन थियो। चीन र भारतबीचको सीमा विवादका कारण भिभोले बीचैमा सम्झौंता तोडेको हो। भिभोले भारतीय क्रिकेटलाई आइपीएलको प्रमुख प्रायोजक भएबापत बार्षिक ४ सय ४० करोड रुपैयाँ दिने गर्दथ्यो। 

कोरोनाका कारण यसपालिको आइपीएल दुबईमा हुँदैछ।

प्रकाशित मिति: : 2020-08-18 16:42:39

प्रतिकृया दिनुहोस्