जघन्य अपराधमा महिला : पत्याउनै नसकिने हत्याकाण्ड

कृष्णसिंह लाेथ्याल

एक हप्ताअघि मात्र दाङका कृष्णबहादुर बोहोराको २५ साउनमा गोंगबुमा नवज्योति मार्गका किरण बस्नेतको घरमा वीभत्स हत्या भयो । हत्यापछि बोहोराको टाउको र खुट्टा एकातिर, शरीर अर्कोतिर सुटकेसमा प्याक गरेर फालेको अवस्थामा प्रहरीले फेला पारेको थियो । 

सुरुमा प्रहरीलाई उनको सनाखत गर्न हम्मेहम्मे पर्‍यो । पछि बोहोराको तस्बीर प्रहरीले सार्वजनिक गरेपछि उनको सनाखत भएको थियो । सनाखत हुँदासम्म उनको हत्या कसले र किन गर्‍यो ? प्रहरीले सुइँकोसम्म पाएको थिएन । 

जब प्रहरी हत्यारासम्म पुग्यो, प्रहरी नै चकित पर्‍यो । त्यसरी बोहोराको हत्या गर्ने चितवनकी कल्पना मुडभरी पौडेल थिइन् । उनलाई प्रहरीले हत्या गरेको ४८ घण्टाभित्र चितवनबाट पक्राउ गरेको थियो । कल्पना पक्राउ गर्दासम्म प्रहरीले बोहोराको हत्यामा कल्पना मात्र होइन, अरूको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धानको दायरा बढायो । 

प्रकाशित मिति: : 2020-08-19 09:19:34

प्रतिकृया दिनुहोस्