मनसुन सकिन अझै एक महीना लाग्ने, अहिलेसम्म कति प्रतिशत भयो वर्षा ?

हिमाल खबर

काठमाडौँ

मुकेश पोखरेल 

 

मनसुन अवधिमा १ हजार ५०३ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा भनिन्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, गत वर्ष ९१.४ प्रतिशत वर्षा भएको थियो। २८ जेठ देखि ७ असोजसम्मलाई मनसुन अवधि मानिन्छ।

तर, कहिलेकाहीं मनसुन ढिलो भित्रिने र मध्य असोजसम्म नै सक्रिय रहने गर्छ। जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट डा. इन्दिरा कँडेल मनसुन अवधि सकिन अझै ३० दिन बाँकी रहेकाले मनसुन अवधिमा पूर्वानुमान अनुसार सरदर वर्षा हुने सम्भावना कायमै रहेको बताउँछिन्।

८–१० वैशाखमा दक्षिण एशियाका देश सहित विश्व मौसम संगठन जापान र थाइल्याण्डका वैज्ञानिकहरुको सम्मेलनले यस वर्ष दक्षिण एशियाली देशहरुमा सरदर वर्षा हुने पूर्वानुमान गरेको थियो। विभागका अनुसार, ३ साउनसम्म नेपालमा वर्षाको स्थिति सरदरभन्दा बढी थियो। ३० जेठदेखि ३ साउनसम्म मनसुनमा हुने कूल वर्षामध्ये ४५ प्रतिशत अर्थात् ६८७ मिलिमिटर वर्षा भएको थियो।
 

प्रकाशित मिति: : 2020-08-21 07:17:06

प्रतिकृया दिनुहोस्