कता जाँदै छ समाज ?

दिनेश गौतम

काठमाडौं बानेश्वरको मिलन चोकस्थित लर्ड बुद्ध बोइज एन्ड गल्र्स होस्टलमा बस्ने सिभिल अस्पतालका स्वास्थ्यकर्मीलाई निकाल्न दबाब दिँदै स्थानीयवासीले शनिबार दुर्व्यवहार गरे। उनीहरूले डेढ घण्टा होस्टल घेराउ गर्दै सञ्चालक रोहित रानालाई हातखुट्टा भाँच्नेसम्म चेतावनी दिए। बानेश्वर वृत्तबाट प्रहरी टोली आएपछि उनीहरू पछि हटे।

दृष्टान्त २

रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेलाई कोरोना संक्रमण भयो। जनप्रतिनिधिसहित छिमेकीले उनलाई ढाडस दिनुपथ्र्यो। तर संक्रमितको घर भन्दै ब्यानर टाँग्न प्रयत्न गरे।

दृष्टान्त ३

विराटनगरका डा. ज्ञानेन्द्रमान सिंह कार्कीमा कोरोना संक्रमण पुष्टिपछि परिवारका सदस्यलाई हाउजिङमा बस्न असहज भयो। हाउजिङमा बस्ने अन्यले अवरोध गर्न खोजे।

दृष्टान्त ४

सुनसरीको इटहरी–५ का २७ वर्षीय युवकलाई अस्पतालबाट डिस्चार्जपछि घर जाँदा छिमेकीले बस्न दिएनन्। उनी भन्छन्, ‘रोगले भन्दा समाजले मार्ने रहेछ।’

प्रकाशित मिति: : 2020-08-23 07:43:18

प्रतिकृया दिनुहोस्