स्वास्थ्यकर्मी पनि डराएर घरै बसे भने ?

शनिबार (६ भदाै) नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा काम गर्ने डाक्टर–नर्स र कर्मचारी बसेको होस्टेल हुल बाँधेर गएका स्थानीयवासीले घेराउ गरे । ४ भदौदेखि होस्टेलमा बस्दै आएका स्वास्थ्यकर्मीलाई टोलवासीले तथानाम गाली गरे । यति मात्र कहाँ हो र, ‘यिनीहरूलाई यहाँ किन बस्न दिएको’ भन्दै होस्टल सञ्चालक रोहित रानालाई उनीहरूले थर्काए पनि ।

‘तिम्रो खुट्टासुट्टा भाँचिदिन नपरोस् नि !’ भन्दै टोलवासीमध्ये केहीले रानालाई धम्क्याए पनि । स्वास्थ्यकर्मीले अरुलाई कोरोना सार्न सक्छन् भन्दै भीडसहित त्यहाँ पुगेका स्थानीयमध्ये कतिपयले मास्क चिउँडोमुनि लगाएका थिए ।

०००

२९ साउनमा चितवनको रत्ननगर बकुलहर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेको घरअगाडि जनप्रतिनिधिसहितको टोली ब्यानर नै टाँस्न पुग्यो । २७ साउनमा श्रीमती र २८ गते आफूलाई कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा रहेका डा. बगालेको घरबाहिर वडाअध्यक्षसहित टोलवासीले ‘कोरोना संक्रमितको घर’ लेखिएको ब्यानर टाँस्ने प्रयास गरे । त्यो घटना सम्झँदा डा. बगाले भावुक हुन्छन्, ‘अरुको ज्यान बचाउन कहिलेकाहीँ हामी आफन्तलाई बिर्सन्छौँ तर हामीमाथि नै अरुबाट त्यस्तो व्यवहार हुँदा साह्रै मन दुख्छ ।’ अहिले उनी कोरोना संक्रमणमुक्त भइसकेका छन् तर समाजको व्यवहारले अझै आफूभित्र छटपटी बाँकी नै रहेको उनी बताउँछन् । 

प्रकाशित मिति: : 2020-08-23 15:30:32

प्रतिकृया दिनुहोस्