कृषि व्यवसायमा रमाउँदै युवा

विदेशबाट फर्केका युवाहरुले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ८ मल्पीमा सामूहिक व्यवसाय शुरुआत गरेका छन्। 

‘हिमाल एकीकृत कृषि फर्म’ सञ्चालन गरी उनीहरुले ११ रोपनी जग्गामा गत कात्तिकदेखि संरचना निर्माण शुरु गरी भैंसी र गाई पाल्न थालेका हुन्।

रू एक/एक लाख जम्मा गरी २४ युवाले व्यवसाय शुरु गरेका थिए। अहिले भैंसीगाई पालन र धान खेतीसमेत गरिएको छ। पैसा कमाउनको लागि युवाहरु विभिन्न खाडी मुलुक तथा अन्य देशमा जानुपर्छ भन्ने सोचाइको अन्त्य गर्न आफूहरुले व्यवसाय शुरु गरेको उनीहरुले जनाएका छन्। साथै स्वदेशमा नै विभिन्न व्यवसायमा लागेर आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका साथ सामूहिक रुपमा काम थालनी गरिएको उनीहरुको भनाइ छ। 

'विदेशमा गर्ने दुःख नेपालमै गरौँ भनेर साथीभाइको सल्लाहले काम शुरु गरेका छौँ' उनीहरु भन्छन्, 'यसबाट उदाहरणीय काम गरेर विदेशिएका अरु दाजुभाइलाई पनि स्वदेशमा नै केही गर्न प्रेरणा दिन सक्छौंँ भन्ने संकल्प लिएका छौंँ।'

विदेशमा आफूहरुले भोग्नुपरेका दुःख सम्झेर नेपालमा नै केही गरेर देखाउने उनीहरुको भनाइ छ। अहिले कोभिड–१९ को प्रभावको कारण सोचेजस्तो काम गर्न नपाएको उनीहरुले जनाएका छन्।

सामूहिक रुपमा कृषि कार्यमा लागेका युवाको योजना कोरोना भाइरस प्रभावका कारण थप अगाडि बढ्न सकेको छैन। पनौती नगरपालिका– ४ मा बसोबास गर्दै आएका दिनेशकुमार बजगाईंले कोरोना भाइरस प्रभावका कारण सोचेजति व्यवस्थित र स्तरबृद्धि गर्न नपाएको जानकारी दिए। 

उनको नेतृत्वमा व्यवसायमा संलग्न २४  युवामध्ये श्यामहरि महाजु, बुद्धिमान विक, राजकुमार थापा, रामेश्वर हुमागाईं विशेष सक्रिय भएर काम गरिरहेका छन्।

प्रवासबाट आर्जित सीप ज्ञान र पुँजी स्वदेशका लागि’ भन्ने नाराका साथ उनीहरूले सामूहिक भैंसीपालन व्यवसाय शुरु गरेका हुन्। अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भएकाले त्यसतर्फ लागेको उनले बताए। 

विदेशबाट फर्केकाहरुको संगठन ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रे शाखामा आबद्ध युवाहरुले सञ्चालन गरेको सो फार्ममा पाँच वर्षमा सय भैंसी पु¥याउने, सय रोपनी जग्गा भाडामा लिने, त्यसमा भैंसीसंँगै गाई, बाख्रा, कुखुरा हाँस, कालिज र टर्की पाल्ने योजना रहेको र केही जग्गामा गोठबाट उत्पादित मलको सदुपयोग गर्दै अर्गानिक तरकारी खेतीको पनि शुरुआत गर्न लागिएको विकले जानकारी दिए।

यसका लागि हाल ८० रोपनी जग्गा भाडामा लिइसकिएको संस्थाका अध्यक्षसमेत रहेका बजगाईँले बताए। चार वर्षसम्म साउदीमा बसेर फर्केका उनी साथीहरुसंँगै सामूहिक व्यवसायमा लागेका हुन्। फरक फरक ठाउँका युवा मिलेर सामूहिक रुपमा काम शुरु गर्दा जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेको उनले बताए। 

सोअनुसार कृषि फर्मको व्यवस्थापन तेमाल गाउँपालिका वडा न १ का आधाबाटका विकले गर्दै आएका छन्। हाल पनौती बस्दै आएका  उनको  फर्ममा ६ भैंसी र एउटा गाई छन्। हाल दैनिक ५० देखि ५५ लिटरसम्म दूध उत्पादन गरिँदै आएको छ। उत्पादित दूध संस्थाका शेयर सदस्यसमेत रहनुभएका खुवा ठेकेदार विजय स्याङ्तानले किनेर खुवा बनाएर बेच्दै आएका छन्। सबै कामकाज आफूहरुले मिलेर गर्ने गरेको र केहीलाई रोजगारीसमेत दिइएको व्यवस्थापक विकले जानकारी दिए। 

विदेशबाट फर्किएका युवालाई उत्साह र उत्प्रेरणा दिने काम राष्ट्रिय युवा परिषद्ले गरेको र त्यसैका साथबाट अहिले सो अभियान थालिएको बजगाईँले बताए। युवाहरुको अभियानमा साथ दिनुभएको छ पनौती ७ मल्पिका भिमसेन बस्नेतले। सिद्धार्थ बनस्थली इष्टिच्युटको प्राचार्यबाट अवकाश पाएपछि मल्पिमा रहेको आफ्नै घर नजिक बाख्रा फार्म सञ्चालन गर्दै आएका उनले आफु आवद्ध हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि। पनौती, इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था पनौती र छिमेकी बचत तथा ऋण सहकारी संस्था लि। पनौतीसंग मिलेर अभियानमा साथ दिदै आएको जानकारी दिए। 'मेरो उद्धेृश्य भनेको केही गर्न लाग्नेहरुलाई साथ र हौसला दिनु हो।' उनले भने, 'यसमा म आफैपनि काममा सम्लग्न हुँदै आएको छु र गर्न खोज्ने साथीहरुलाई सहकार्य गर्दै आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने काममा सहयोग गर्दै आएको छु।'

 फर्मले शुरु गरेको काममा आफू अध्यक्ष रहेको हिमशिखरबाट पाँच लाख सहुलियत ऋण उपलब्ध गराईसकेको र त्यसलाई बढाएर दश लाखसम्म दिने तयारीमा रहेको उनले जानकारी दिए। हरेक काम सामूहिकतामा नै सम्भव हुने भएकाले समूहमा बसेर गर्दा जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने भावले काम गरिरहेको उनको भनाइ छ। यसका साथै ‘रिटर्नी माइग्रेन नेपाल’ काभ्रेको पहलमा संस्थालाई एनएमबी बैंक बनेपा शाखाले दश लाख विना धितो सहुलियत कर्जा दिने निर्णय भइसकेको छ। अहिले सो फार्ममा  कुशादेवीका रघुनाथ तिमल्सिना परिवार र सिन्धुपाल्चोकका एक जना गरी तीनले  काम गरिरहेका छन्।

श्य्या थप गर्न आग्रह 

९कोभिड–१९० को सङक्रमण बढ्दै गएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टले जिल्लामा रहेका धुलिखेल र शिर मेमोरियल अस्पताललाई भएको श्य्यासङख्याको ३३ प्रतिशत आईसोलेसन श्य्या बनाउन आग्रह गरेको छ। आईतबार बसेको कमाण्ड पोष्टको बैठकले आफ्नो श्य्या सङ्ख्याको ३३ प्रतिशत श्य्या कोरोना सङ्क्रमितको उपचारको लागि आइसोलेसन श्य्या  स्थापना गर्न आग्रह गरेको हो। यसअघि गत साउन २६ गतेको कमाण्ड पोष्टको बैठकले लेभल ३ को कोभिड अस्पताल रहेको धुलिखेल अस्पताललाई कम्तिमा ५० श्य्या र शिर मेमोरियल अस्पताललाई कम्तिमा २० श्य्याको आईसोलेसन तयार गर्न आग्रह  गरेको थियो।  धुलिखेल अस्पतालमा हाल ५३ वटा श्य्या मात्रै आईसोलेसनको लागि छुट्याएको छ। अस्पतालका सह–प्राध्यापक डा सुमन ताम्राकारका अनुसार करिब ५००  श्य्यासंख्या रहेकोमा अस्पतालमा ५० जना आईसोलेसनमा राखेर उपचार भइरहेको उनले जानकारी दिए। 

'सरकारलाई भनिदिदैमा पुग्यो तर हामीलाई व्यवस्थापन गर्न कति गाह्रो छ भन्ने के थाहा रु' उनले भने, ‘सरकारले भनेअनुसार जम्मा श्य्याको ३३ प्रतिशत श्य्या आईसोलेसनको लागि छुट्याउन गाह्रो छ।'

 बनेपास्थित शिर मेमोरियल अस्पतालमा हाल ५ वटा मात्रै आईसोलेसन  श्य्या सञ्चालनमा छन्। अस्पतालका वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापाका अनुसार १५० श्य्याको अनुमति भएपनि करिब १२५ श्य्या चालु अवस्थामा रहेको छ। सरकारले गरेको ३३ प्रतिशत श्य्या आईसोलेसन बनाउने निर्णय अनुसार त्यसको लागि बनाउने प्रक्रियामा रहेको उनले जानकारी दिए। 

पछिल्लो समयमा सङक्रमितहरु बढ्न थालेपछि आईसोलेसन  श्य्या नहुँदा होम आईसोलेशनमा राख्नुपर्ने बाध्यता रहेको कमाण्ड पोष्टले जनाएको छ।

कोभिड–१९ जिल्ला सङ्कटन व्यवस्थापन केन्द्र जिल्ला कमाण्ड पोष्टको गत साउन २६ गतेको निर्णय अनुसार जिल्लाको छ वटा नगरपालिकाहरुमा कम्तिमा १० श्य्या को आईसोलेसन निर्माण गर्न आग्रह गरेको भएपनि अझैसम्म अधिकांश नगरपालिकाले आईसोलेसन श्य्या निर्माण गरेको छ्रैन्। यही भदौ १ गते भित्रमा जिल्लाका छ। नगरपालिकाहरुलाई अनिवार्य रुपमा न्यूनतम दश श्य्याको आईसोलेसन  निर्माण गर्न आग्रह गरिएकाे छ।

प्रकाशित मिति: : 2020-08-24 14:11:13

प्रतिकृया दिनुहोस्