हङकङमा कोरोना पुन: संक्रमणको 'पहिलो संक्रमित' फेला

हङकङका वैज्ञानिकहरुले ३० वर्षीय एक स्वस्थ युवकमा कोरोना भाइरसको पुन: संक्रमण भएको पहिलो बिरामी फेला परेको जनाएका छन् । ती युवकमा पहिलो पटक संक्रमण भएको साढे चार महिनापछि दोस्रो पटक संक्रमण भएको जनाइएको छ । 

वैज्ञानिकहरुका अनुसार उनको 'जिनोम सिक्‍वेन्सिङ' का अनुसार दुई पटक देखिएको भाइरस 'स्पष्टरुपमा फरक' रहेको र विश्वमै पहिलो कोरोना पुन: संक्रमणको प्रमाणित केस भएको बीबीसीले जनाएको छ । 

विश्‍व स्वास्थ्य संगठनले एक केसलाई लिएर निष्कर्षमा नपुग्‍न चेतावनीसमेत दिएको छ । र, विज्ञहरुले पुन:संक्रमण विरलै हुनसक्ने र गम्भीर नहुने बताएका छन् । 

विश्वभर कोरोना भइरसका दुई करोड २० लाखभन्दा बढी संक्रमित फेला परेका छन् । 

हङकङ विश्वविद्यालयले ती संक्रमितले १४ दिन अस्पतालमा रहेर कोरोनामुक्त भएको र दोस्रो पटक कोरोना पोजेटिभ देखिएको जनाएको छ । 

प्रकाशित मिति: : 2020-08-24 23:27:37

प्रतिकृया दिनुहोस्