कोरोना भाइरस महामारी: यी १० देशमा कोभिड-१९ छिर्न सकेको छैन

कोभिड-१९ ले विश्वका अधिकांश देशलाई प्रभावित पारेको छ। तर १० वटा देश अहिले फैलिएको महामारीबाट मुक्त छन्। तिनले के गरेर कोरोनाभाइरसलाई आफ्नो भूमिमा छिर्न दिएनन् र अहिले तिनको अवस्था कस्तो छ?

पलाउ होटल सन् १९८२ मा खोलिएको हो। चारैतिर नीलो समुद्रले घेरिएको यो सानो देशमा त्यतिखेर व्यापक रूपमा पर्यटन सुरु भएकै थिएन।

सन् २०१९ मा पलाउमा ९०,००० पर्यटक आए। उक्त सङ्ख्या त्यहाँको जनसङ्ख्याको पाँचगुना बढी हो। सन् २०१७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ४० प्रतिशत योगदान रहेको जनाएको थियो।

तर त्यो सबै अब कोभिडभन्दा पहिलेको समय हो। गत मार्च महिनादेखि नै पलाउका सीमा बन्द गरिएका छन्।

पलाउ विश्वभरिका १० देशमध्ये पर्छ जहाँ अहिलेसम्म एउटा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन।

प्रकाशित मिति: : 2020-08-25 13:04:46

प्रतिकृया दिनुहोस्