कोरोना भाइरस नेपाल: सार्वजनिक यातायातको क्षेत्र ‘कोमा' मा, लामो दूरीका सवारीसाधन सञ्चालन अनिश्चित

आगामी भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडानहरू सञ्चालन गर्न दिने सरकारको निर्णय भए पनि देशभित्रै लामो दूरीका सवारी साधन कहिलेदेखि सञ्चालन हुन पाउने भन्ने अझैसम्म टुङ्गो लागेको छैन।

करिब छ महिनायता आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएका यातायात व्यवसायीले सहुलियत दरको ऋण उपलब्ध गराउनुपर्ने, कर छुट दिनुपर्ने सहितका माग सरकारसँग राखेका छन्।

ती मागका बारेमा कुनै निष्कर्षमा नपुगिएको यातायात व्यवस्था कार्यालयका अधिकारीहरू बताउँछन्।

लामो दूरीका सार्वजनिक बस सञ्चालन गर्नका लागि समस्या नरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले बताएका छन्।

प्रकाशित मिति: : 2020-08-25 18:16:30

प्रतिकृया दिनुहोस्