फेवाको छायाँमा परेको बेगनास

आयोमेल

पोखरा

अनुप पाैडेल 

दुई पहाडको बीचमा ३ सय मिटरको पुल। अन्नपूर्ण हिमशृंखलाको आँगन। हरिया डाँडाकाँडा। बयली खेलिरहने शीतल पवन अनि कञ्चन ताल। तालको दुईतिरका डाँडा जोड्दै झोलुंगे पुल। पुलको बीचमा रेस्टुरन्टका क्याबिन। 

रुपातालमाथि यस्तै संरचना बनाउने योजनाको प्रस्ताव छ। अस्ट्रेलियाको अर्गाइल होटल ग्रुप यो परियोजना बनाउन बेफिक्री खर्च गर्न तयार छ। 

उक्त संरचना बनाउन ग्रुपले ल्याएको प्रस्ताव पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापाले महानगरपालिकामा राखेका पनि छन्। तर, महानगरपालिकाबाट यो प्रस्ताव अघि बढेको छैन।

‘मेयर‘साबलाई भनें उहाँले कार्यपालिकामा राख्छु भन्नुभयो। पटक–पटकभन्दा पनि कहिल्यै राख्नुभएन,’ वडाध्यक्ष थापाले सुनाए। 

रुपामात्रै होइन बेगनास तालमा पनि पर्यटक आवागमन बढाउन थुप्रै प्रस्ताव आए। तीमध्ये एउटा प्रस्ताव शंकर ग्रुपअन्तर्गत जगदम्बा हस्पिटालिटी प्रालिले ल्याएको हो। कम्पनीले खेल गतिविधि सञ्चालन गरेर बेगनास ताललाई ‘इन्जोए जोन’ बनाउने प्रस्ताव गरेको थियो। 

उक्त कम्पनी बेगनास तालमा जेट स्की, फ्लाई राइड, नाइट कायकिङ, वाटर साइक्लिङलगायत आधा दर्जन खेल गतिविधि गर्न चाहन्थ्यो। कम्पनीले विकसित देशमा समुद्रमा हुँदै आएका गतिविधि बेगनास तालमा गर्ने इच्छा देखाएको थियो। तर, दुर्भाग्य त्यो प्रस्ताव पनि महानगरले अघि बढाएन। 

प्रकाशित मिति: : 2020-08-29 08:02:35

प्रतिकृया दिनुहोस्