ऊर्जा क्षेत्रमा सुधारको जग बस्यो, अझै धेरै काम गर्नै बाँकी छ : कुलमान घिसिङ [अन्तर्वार्ता]

 

२०७३ साल भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका कुलमान घिसिङ कार्यकाल अवधिभर सधैं चर्चाको शिखरमा रहे। २०७३ को तिहारबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेसँगै घिसिङको लोकप्रियता यसरी बढ्यो, उनले पछि फर्केर हेर्नु परेन। 

लोडसेडिङ अन्त्यमात्रै होइन, नाजुक बनेको प्राधिकरणको वित्तीय अवस्थालाई सबलतातर्फ फर्काएका छन् उनले। रुग्ण जलविद्युत र प्रसारण लाइन आयोजनाको काम अघि बढाएका छन् र केही सम्पन्न पनि भएका छन्। ४ वर्षे कार्यकालमा घिसिङले कहिले संसदीय समितिमा सांसदसँगै चर्को सवालजवाफ गरे, त कहिले आयोजना निर्माणस्थलमा अवरोध गर्ने स्थानीयप्रति खस्रो रूपमा प्रस्तुत हुनसमेत पछि परेनन्। 

प्रकाशित मिति: : 2020-08-30 10:05:31

प्रतिकृया दिनुहोस्