जापानमा उड्ने कारको सफल परीक्षण (भिडियो)

काठमाडौंमा सडक जाममा घण्टौं बस्नु पर्दा तपाईहरु मध्ये कतिले कल्पना गर्नु भएको होला? यदी मसँग उड्ने कार भएको भए!

तपाईंहरूको यो सपना अब विपनामा परिणत हुँदैछ। किनभने जापानले भर्खरै उड्ने कारको सफल परीक्षण गरेको छ। जापानको स्काई ड्राइभ इंकले हालै गरेको एउटा परीक्षणमा आफू सफल भएको बताएको छ। 

यसको अर्थ हो, अब केही दशकभित्रै उड्ने कार नेपालमा पनि आउने छ। 
कम्पनीले हालै गरेको पत्रकार सम्मेलनमा उड्ने कारको भिडियो समेत सार्वजनिक गरिएको थियो। जसमा कार जमिनबाट २ मिटर अर्थात ६ दशमलव पाँच फिटमाथि उडेको देखिएको छ। कार एउटा निश्चित क्षेत्रमा करिब ४ मिनेट हावामा अडिएको थियो। 

स्काई ड्राइभ इंकका प्रोजेक्ट प्रमुख तोमोहिरो फुकुजावाले भनेको छन्, कार २०२३ सम्म सार्वजनिक गरिने छ। उनले सुरक्षित कारको निर्माणमा ठूलो चुनौति रहेको बताएका छन्। 

तोमोहिरो भन्छन्, ‘उड्ने कार निर्माणमा विश्वभरिका सयभन्दा बढी कम्पनी लागेका छन्। केही कम्पनी एक व्यक्तिलाई राखेर उडान भर्न सफल भएका छन्। हामी उड्ने कार सार्वजनिक गर्नुअघि चलाउने मानिस आफूलाई सुरक्षित महसुस गर्छन कि गर्दैनन्, त्यो हेर्न चाहिरहेका छौं। किनभने यो निकै महत्वपूर्ण छ। कार चलाउने विभिन्न वर्गका मानिस हुन्छन्।’

उनले हाल सार्वजनिक गरिएको कार ५ देखि १० मिनेट उड्ने बताए। उनले यसलाई ३० मिनेटसम्म बढाउन सक्ने बताए। स्काई ड्राइभ प्रोजेक्ट २०१२ देखि सुरु भएको हो।

यो प्रोजेक्टलाई अटोमोबाईल कम्पनी टोयटा मोटर, इलेक्ट्रोनिक कम्पनी प्यानासोनिक र भिडियो गेमको बेनडाई कम्पनीले लगानी गरेका छन्। तीन वर्षअघि पनि यसको परीक्षण गरिएको थियो तर त्यो फेल भएको थियो।

यो प्रोजेक्टका लागि ३ दशमलव ९ विलियन डलर प्राप्त भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-30 14:50:01

प्रतिकृया दिनुहोस्