प्रधानमन्त्रीका लागि विकल्पविहीन पात्र हुन् डा युवराज खतिवडा?

काठमाडौं- दोस्रो कार्यकालका लागि ६ महिनाअघि अर्थमन्त्रीको सपथ लिएका डा युवराज खतिवडाको कार्यकाल यसै साताको अन्तिम दिन अर्थात् शनिबार सकिँदैछ। फागुन २१ गते दोस्रो कार्यकालका लागि सपथ लिएका खतिवडाको भदौ २० भित्र संसद सदस्यको सपथ नभए संवैधानिक व्यवस्थाअनुसार स्वत: पद रिक्त हुनेछ। संविधानमा संसद सदस्य नभएको व्यक्तिले मन्त्री भएको ६ महिनाभित्र संसद् सदस्य बनी सपथ नलिए स्वत: पद रिक्त हुने व्यवस्था छ। 

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई मन्त्री पदमा नियुक्तिको सिफारिस गरेका थिए। त्यसैबीचमा उनले राष्ट्रपतिबाट सपथ लिए र सिंहदरबार प्रवेश गरे। त्यसैदिन उनले आफूलाई नेपाली अर्थतन्त्रको एउटा सिपाही भएको भन्दै कमान्डर (प्रधानमन्त्री)ले 'ब्याक' नभनेसम्म मैदानमा खटिनेसमेत बताएका थिए।

प्रकाशित मिति: : 2020-08-30 22:58:44

प्रतिकृया दिनुहोस्