फेडरर र नाडाल सहभागी नहुने
एक सय ४० वर्ष पुरानो इतिहास बोकेको युएस ओपन प्रतियोगिता कोरोना प्रभावका बीच सोमबारदेखि सुरु हुँदैछ।
पहिलो पल्ट दर्शकको अनुपस्थितिमा हुन लागेको यो प्रतियोगिताका लागि युरोप, दक्षिण अमेरिका र पश्चिम एसियाली देशका खेलाडी चार्टर्ड विमानबाट न्युयोर्क उत्रिएका छन्।
यसपालि सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने स्विट्जरल्याण्डका रोजर फेडरर र १९ पल्टका ग्रान्ड स्लाम विजेता स्पेनका राफायल नाडाल अनुपस्थित हुनेछन्।
२१ वर्षको अन्तरालमा उनीहरू युएस ओपनमा सहभागी हुने छैनन्।
उनीहरूको अनुपस्थितिमा सर्वियाका विश्व नम्बर–१ खेलाडी नोभाक जोकोविचलाई १८ औं ग्रान्ड स्लाम जित्ने अवसर जुरेको छ। फेडरर १९९९ र नाडाल २००३ देखि युएस ओपन खेल्दै आइरहेका छन्।