बास्केटबल स्टार लेब्रोन ‘टाइम’ वर्ष खेलाडी घोषित

अमेरिकाका काला जातिले गरेको आन्दोलनमा सक्रिय सहभागिता जनाएका बास्केटबल खेलाडी लेब्रोन जेम्सलाई टाइम्स पत्रिकाले वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको छ। 

लेब्रोनले ‘हामी भोटर मात्र होइनौ’ भन्ने अभियान चलाएका थिए। 

उनको अभियान निकै प्रभावकारी यियो। टाइमले यसैलाई आधार बनाएर लेब्रोनलाई कभरमा पनि स्थान दिएको थियो। 

उनी बास्केटबलमा लस एञ्जल्सबाट प्रतिनिधित्व गर्छन। 

उनको टिमले हालै एनबीएको उपाधि जितेको थियो। 

यसअघि उनी उनी वर्षको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए।

प्रकाशित मिति: : 2020-12-12 09:57:00

प्रतिकृया दिनुहोस्