कहिले आउला खुलेर अँगालो हाल्ने दिन!

आयोमेल

काठमाडौँ

आश्मा अर्याल 

कुराको जग आफ्नै बाल्यकालको माटोमा हालेर सुरू गर्न मन लाग्यो। त्यो समय, जतिबेला मेरा लागि केटा र केटी समान थिए। बहुतै आदर्श र शानदार तरिकाले मलाई सभ्यता, सुरक्षा, मान्यता र स्वभावको नाममा घरभित्र प्लास्टिक र घरबाहिर पलासका फूलहरूको पूजारी बनाउने परम्पराको नशालु सगुन दिइएको भए पनि म त्योभन्दा बढी पिइरहेकी थिइनँ। म माहुरीझैं चन्चल थिएँ, जसप्रति फूलहरूको कुनै गुनासो थिएन।

म संयुक्त परिवारमा जन्मेर हुर्के बढेकी घरकी जेठी छोरी, जेठी नातिनी। साँच्चै भन्ने हो भने मेरै आँखा अगाडि भाइ र बहिनी हुर्किए। एउटा यस्तो हुर्काइ, जसमा त्यतिबेला म आफै सामेल भएर पनि मैले खासै अपनत्वको बोध गर्न सकिनँ। यसको जवाफमा समाजले यति नै भन्यो, ‘छोरी मान्छे त्यसमा पनि सानो मान्छे भएर धेरै मुख चलाउनु हुँदैन।’  

यही प्रहार फेरि समाजले समयको हिसावले मभन्दा अझै अगाडि बढ्नुपर्ने मेरी बहिनीका पाइलाहरूमा पनि गर्यो। ‘तैँले दिदीबहिनीको ख्याल राख्नुपर्छ?’ प्रहारको रूप फरक भए पनि भाइले पनि हाम्रैजस्तो सामाजिक हतियारसँग पटक–पटक आफूलाई अभ्यस्त बनाउँदै लग्यो।  

प्रकाशित मिति: : 2020-08-31 16:06:47

प्रतिकृया दिनुहोस्