५० हजारबाट शुरू भएको सस्तोडिलको यसरी सम्भव भयो फ्लिपकार्ट यात्रा

हिमाल खबर

काठमाडौँ

नुनुता राई 
कोरोनाभाइरसको संक्रमण भएपछि काठमाडौंकी गीता थापा अहिले अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन्। खाद्यान्न पसल चलाउने उनलाई तीन दिनसम्म सामान्य ज्वरो आएपछि परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। त्यसपछि डेरामै सेल्फ आइसोलेसनमा बस्न खोजेकी थिइन्। तर, घरबेटी बृद्ध उमेरकी भएकाले संक्रमणको जोखिमले उनलाई अस्पतालकै आइसोलेसनमा जान सुझाव दिइयो। 

अस्पतालमा बस्नुपर्ने कुराले नै अत्यास लागेर उनी बिरामी जस्तै भइन्। “अस्पतालमा बस्नुपर्ने कुराले नै तनाव भइरहेको मलाई अस्पताल ल्याएपछि त बिरामी नै भएकी थिएँ। मनोपरामर्श लिनुपर्ने अवस्था आयो”, उनी भन्छिन्। 

सामान्य ज्वरोको लक्षण देखिएकी उनलाई अस्पताल भर्ना भएपछि पखाला लाग्ने, रिंगटा लाग्ने भयो। चिकित्सकले बढी तनाव लिंदा यस्तो भएको बताएपछि उनका श्रीमानले आफ्नो मनोविद् साथी मार्फत फोनबाट नै मनोपरामर्श दिने व्यवस्था मिलाएका थिए। 

मनोपरामर्शले आत्मबल बलियो हुँदै गएपछि अहिले भने सामान्य हुँदै गएको उनको भनाइ छ। भन्छिन्, “मान्छेलाई भाइरसले भन्दा मनको डरले खाँदो रहेछ भन्ने लाग्न थालेको छ।” 
 

प्रकाशित मिति: : 2020-09-01 08:11:47

प्रतिकृया दिनुहोस्