मासिन लागेका सम्पदा खोजी-खोजी चिटिक्क बनाउनेहरू

आयोमेल

काठमाडौँ

रेणु त्वानाबासु

‘इँट्टाभट्टाहरूबाट कर त उठाइयो, तर ती भट्टाहरूकै बिचमा रहेको यो सार्वजनिक पाटी अहिलेसम्म मर्मत हुन सकेन, यसका लागि कसलाई, कहाँ भन्नुपर्ने हो?’

कसैले फेसबुकमा पोस्ट गरेको यो स्टाटस मुन्तिर कमेन्टमा लेखिएको थियो– ‘अब यादवलाल सर आउनुहुन्छ, उहाँलाई भनौं।’
पुराना र सांस्कृतिक सम्पदा संरक्षणको काममा स्थापित नाम हो, यादवलाल कायस्थ। 

सानैमा उनले देख्थे– उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुरका गल्ली–गल्लीका ‘फल्चा’हरूमा मानिस मस्त गफिइरहेका हुन्थे। 
भरियाहरू भारी बिसाएर आराम गरिरहेका भेटिन्थे। 

फल्चा अनि पाटीहरू वृद्धवृद्धाका लागि दिन काट्ने ठाउँ थियो। गफिने ठाउँ थिए।

विस्तारै ती हराउन थाले। 

यादवलालको उमेर बढ्दै जाँदा फल्चाहरू भत्किन र भत्काइन थाले। पाटीहरू मासिन थाले। 

र, उनी यतिबेला ‘सम्पदा संरक्षण महाअभियान’ मा छन्। लामो समय एक्लै भत्किएका पुराना ती फल्चाहरूको रूपरङ फेर्दै हिँडेका उनको यो महाअभियानमा अहिले नयाँ–नयाँ युवा पनि गाँसिन थालेका छन्।

प्रकाशित मिति: : 2020-09-04 19:04:30

प्रतिकृया दिनुहोस्