‘पब्जी’ बन्द गरेकाे भारतले ‘फौजी’ ल्याउँदै

केही दिनअघि भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्समा प्रतिबन्ध लगाएको भारतले अब ‘फौजी’ नामको मल्टीप्लेयर एक्सन गेम लन्च गर्ने भएको छ। 

बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको भन्दै पब्जीसहित ११८ वटा मोबाइल एप्समा प्रतिबन्ध लगाएको थियो।

जसस्वरुप पब्जीको तिर्खा मेटाउन मल्टिप्लेयर एक्सन गेम ‘फौजी’लाई अगाडी सारेको हो। बैंग्लोरस्थित एनकोर गेम्सले डेभलप गर्न लागेको गेमलाई अभिनेता अक्षय कुमारले प्रवद्र्धन गर्ने छन्।

अक्षयले सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई सहयोग गर्न मल्टिप्लेयर एक्सन गेम ल्याउन लागिएको बताएका छन्।

गेमको कुल नाफाको २० प्रतिशत रकम मृतक सैनिकका परिवारलाई सहयोग गर्न गृह मन्त्रालयद्वारा गठन गरिएको ‘भारत के वीर ट्रष्ट’मा खर्चिइने बताइएको छ। 

‘फौजी’लाई ‘फियरलेस एन्ड युनाइटेड–गार्डस्’ नाम दिइएको छ। यो खेलबाट प्रयोगकर्ताले भारतीय सैनिकहरुको बलिदानीबारे थाहा पाउने पनि अक्षयले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2020-09-04 19:24:45

प्रतिकृया दिनुहोस्