बालुवा तस्करीमा पनि नक्कली भ्याट बिल, २८ टिपर प्रहरीको नियन्त्रणमा, २२ छुटे

नेपाल लाइभ

काठमाडौँ

दुर्गा दुलाल

असारदेखि भदौसम्म कुनै पनि खोलाबाट बालुवा र ढुंगागिट्टी निकाल्न पाइदैन। यसरी निकालेको पाइए कैद र जरिवानासमेत गराउने र निकाल्न प्रयोग हुने औजारहरु जफत गर्ने गरिन्छ। तर सिन्धुपाल्चोकको भोटेकोसी, सुकुटे र इन्द्रावतीमा एक समूहले निर्वाध रुपमा बालुवा निकाल्ने अनि नक्कली भ्याट बिलमार्फत् काठमाडौं तस्करी गर्ने गरेको पाइएको छ।

अवैध रुपमा बालुवा निकाल्ने मात्र नभई उक्त समूहले राजस्वसमेत छलि गर्ने गरेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एकैचोटि २८ वटा टिपर नियन्त्रणमा लिएपछि यसरी अवैध बालुवा निकाल्ने गरेको खुलेको हो।

प्रकाशित मिति: : 2020-09-05 14:06:03

प्रतिकृया दिनुहोस्