पानासिया एजुकेशन फाउन्डेसनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

विश्वव्यापी महामारी कोभिड १९ का कारण बन्द रहेको पानासिया एजुकेशन फाउन्डेसनले राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत वैज्ञानिकहरूका लागि खाद्यान्न सहयोग गरेको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई फाउन्डेसनका अध्यक्ष लिलाराम खड्काले करिब एक महिनालाई पुग्ने सम्पूर्ण खाद्य सामाग्री सहयोगस्वरूप हस्तान्तरण गरेका हुन्।

आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेतृत्व गर्दै आईरहेका छन्।

यस्तै सहयोगी मनहरूकै दानका आधारमा केन्द्र चलिरहेको भन्दै सहयोगी खड्का एवं उनको संस्था पानासिया एजुकेशनप्रति पुनले आभार व्यक्त गरे।

‘यो सहयोगले हाम्रो दैनिक २० देखि २५ जनाका लागि एक महिनासम्मका लागि खान पुग्छ,’ उनले भने खानाकै लागि अहिलेसम्म ८-९ लाख खर्च भइसकेको छ।’

पहिलो पटक यस्तो खाद्य सामाग्री सहयोग आविश्कार केन्द्रका लागि ठूलो सहयोग हुने भन्दै अध्यक्ष पुनले हाम्रा भाइहरू पनि यस्तो सहयोगले पक्कै धेरै खुसी हुनेछन्।

यस्तै पानोसियाका खड्काले आफूले सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बताए।

‘राष्ट्रिय आविश्कार केन्द्रलाई सहयोग गर्न पाउँदा सौभाग्यको रूपमा लिएका छौं,’ उनले भने,‘ आगामी दिन पनि सहयोग गरिरहनेछौं।’

आविश्वकार केन्द्रले कोभिड रोकथाम गर्न अहिलेसम्म १० किसिमका स्वास्थ्य सामग्री/उपकरण बनाएर निः शुल्क वितरण गरिसकेको छ। फ्रन्टलाइनर डाक्टरको आग्रह र सल्लाहबमोजिम कोभिडको उपचारमा आवश्यक पर्ने स्वास्थ्य उपकरण बनाइरहेका पुनले कतिपय डाक्टरले यस्तो चिज बनाइदिन पर्‍यो भन्छन्, आफैँ आइडिया दिन्छन्, हामी डाक्टरहरूको अनुरोध र सुझाबअनुसार काम गर्छौं । हामी आफैँलाई पनि पहिल्यै स्वास्थ्य उपकरणबारे धेरै थाहा हुँदैन, आइडिया दिएपछि रिसर्च गरेर काम गर्ने बताए।

आविष्कार केन्द्रले आफ्ना उत्पादन निःशुल्क वितरण गरिरहेको छ । कसैले स्वतःस्फूर्त रूपमा पैसा दिए लिन्छ पनि । ‘हामीले स्रोत जुटाउन पर्दैन, मनकारी जनताले सहयोग गरेपछि आफैँ स्रोत जुटिहाल्छ,’ उनी थप्छन्, ‘हामीले दाताहरूसँग सहयोगका लागि अनुरोध गर्दैनौँ, जनताले व्यक्तिगत रूपमा आफूखुसी दिने हुन्, आविष्कार केन्द्रलाई देशविदेशबाट व्यक्तिगत सहयोग आइरहेको छ।’ आविष्कार केन्द्रले वैज्ञानिक र कर्मचारीलाई तलबभत्ता दिएर राख्दैन । कतिपयलाई निर्वाह खर्च भनेर केही रकम दिन्छ । ‘यहाँ काम गर्नेहरू स्वतःस्फूर्त रूपमा सेवा गर्न आउने हुन्, जागिर खान होइन,’ उनी भन्छन्, ‘आविष्कार केन्द्रले उनीहरूलाई खान, बस्न र आवश्यक मेटिरियल्स मात्र उपलब्ध गराउँछ।’

अहिले २० देखि २५ जना युवा वैज्ञानिक रात दिन अनुसन्धानको काममा खटिरहेका छन्।

प्रकाशित मिति: : 2020-09-05 21:04:53

प्रतिकृया दिनुहोस्