कोरोना भाइरस नेपाल: गाउँमा के दु:ख भयो र यी नेपालीका पाइला फेरि 'कालापहाड' तर्फ लम्किँदैछन्

कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण भारतबाट आफ्नो गाउँठाउँ फर्किएका नेपालीहरू पुनः धमाधम भारत जान थालेका छन्।

जमुनाहा नाकाबाट कालापहाड(भारत) लाग्दै गरेकाहरूको गुनासो छ- गाउँमा माग्दा न ऋण मिल्यो न गरिखाने बाटो नै। न व्यापार व्यवसाय न रोजगारी।

कोरोनाभाइरसको महामारी शुरू भएपछि मर्नुपरे गाउँमै मरौँला भनेर भारतबाट अनेक उपाय अपनाएर आफ्नै गाउँ फर्केका हजारौँ हजार नेपालीको यात्रा फेरि छिमेकी मुलुक भारततर्फै मोडिएको छ।

लालाबालाको शिक्षा र बिहान बेलुकाको हातमुख जोर्ने उपायको सम्भावना उनीहरूले नेपालभन्दा भारततिरै देखेको बताए।

प्रकाशित मिति: : 2020-09-06 13:13:34

प्रतिकृया दिनुहोस्