महालक्ष्मी नगरपालिकाको श्रम ब्याङ्कः मजदूरलाई राहत पनि, विकास पनि

हिमाल खबर

काठमाडौँ

नुनुता राई

अहिले सामान्य अवस्था थियो भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभुमा पर्ने दाफा पुखु (पोखरी) मर्मत र सरसफाइका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने थियो। जसमा योजना बनाउने, पारित गर्नेदेखि ठेक्का दिनेसम्मका प्रक्रिया पर्छन्।

तर, महालक्ष्मी नगरपालिकाले कोरोना महामारीमा दाफा पुखु जस्तै धेरै पोखरी, राजकुलो, सडक, ढल मर्मत र सफाइ गरेको छ। जसकारण मजदूरले रोजगारी पाएका छन् भने नगरमा विकासका काम पनि रोकिएका छैनन्।

महालक्ष्मी नगरपालिकाले ‘श्रम ब्याङ्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७’ बनाएर राहतको आवश्यकता भएकालाई काम दिइरहेको छ। कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दीमा राहतस्वरुप दुई चरणको खाद्यान्न वितरण गरेपछि नगरपालिकाले श्रम ब्याङ्कको अवधारणा ल्याएको हो।

बन्दाबन्दी र निषेधाज्ञमा मजदूरलाई राहतको साटो काम दिन ललितपुरको नगरपालिकाले श्रम ब्याङ्क कार्यविधि बनाएको हो। नगरपालिकाका कोही पनि व्यक्ति कोरोनाभाइरसले निम्त्याएको अप्ठ्यारो अवस्थामा भोकै पर्न नपरोस् भनेर कार्यविधि ल्याइएको मेयर रामेश्वर श्रेष्ठ बताउँछन्।

 

प्रकाशित मिति: : 2020-09-07 06:58:34

प्रतिकृया दिनुहोस्