अग्रपङ्क्तिमा राष्ट्रसेवक

नारद गौतम

स्थानीय तह, प्रदेश र सङ्घमा राष्ट्रसेवक निजामती कर्मचारी कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्क्तिमा रहेर जनसेवामा समर्पित छन् ।
प्रत्येक लोककल्याणकारी राज्यले आफ्नो दैनिक कार्यसञ्चालन गर्न र जनतालाई सेवा प्रवाह गर्न निजामती सेवाको गठन गरेको हुन्छ । विपद्को बेलामा झन् जनताले बढी खोज्ने भनेको स्थायी सरकारलाई नै हो । देशमा करिब ८९ हजारभन्दा बढी कर्मचारी निजामती सेवामा क्रियाशील छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव लक्ष्मी निरौला भन्नुहुन्छ, “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले नीति निर्माण गरिदिन्छन्, त्यसलाई कार्यान्वयन गर्न जनताको सबैभन्दा नजिक बसेर कार्य गर्ने नै स्थायी सरकारले हो ।” सङ्घ, प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहसम्म अहिले स्थायी सरकार पुगेको छ । तीन तहमा कर्मचारीको समायोजन भएकाले पनि सेवा प्रवाहमा सहज भएको छ ।
स्थानीय सरकार गठन हुनु र वडा तहसम्म स्थायी सरकारको संरचना पुग्नुले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा निकै सजिलो भएको अनुभव सहसचिव निरौलाको छ । त्यसैले कोरोनाविरुद्ध व्यवस्थापन राम्रो छ, वडा तहसम्म व्यवस्थापन नगरेको भए अहिले जति नियन्त्रणमा छ, त्योभन्दा धेरै भयावह हुन्थ्यो, निरौलाको भनाइ छ ।

प्रकाशित मिति: : 2020-09-07 07:05:13

प्रतिकृया दिनुहोस्