अभिनेत्री कंगनाको सुरक्षाका लागि भारत सरकारले खटायो ११ जवान

एजेन्सी

मुम्बई

सुशान्त सिंह राजपूत केसमा निस्पक्ष न्यायको माग गर्दै आएकी साथै ड्रग्स कनेक्शनमा पुलिसको हात रहेको बताउँदै आएकी बलिउड अभिनेत्री कंगना रनौतलाई सुरक्षाको लागि ११ जवान खटाईएको छ ।

शिवसेनाका नेता र कंगनाबीचको भनाभन पछि उनको सुरक्षाका लागि भन्दै भारत सरकारले वाई क्याटेगरीका सुरक्षाकर्मी खटाएको हो ।

शिवसेनाका नेता सञ्जय राउत र कंगनाबीचमा पछिल्ले समय भनाभन भईरहेको छ । जसका कारण विभिन्न विवाद उत्पन्न भईरहेका छन् ।

उनी शिवसेनाका नेतालाई चेतावनी दिँदै मुम्बई आउँदै छिन् । साथै मुम्बई आए लगत्तै उनलाई सुरक्षा दिन ११ जवान खटाईएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रकाशित मिति: : 2020-09-07 08:41:00

प्रतिकृया दिनुहोस्