नगरको आइसोलेसन व्यवस्थापन देखेर स्थानीयले प्रशंसा गरेका छन्

नेपाल लाइभ

काठमाडौँ

ज्ञानेन्द्र सुवेदी 

कुनै ट्राभल हिस्ट्री नभएका मानिसमा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना पुगेको अनुमान नगरपालिकाले गरेको थियो। शुरुशुरुमा नगरभित्र यसरी संक्रमित देखिन थालेपछि निकै गम्भीर भएका थियौं। नगरभित्र भयावह हुने हो कि भन्ने डर लागेको थियो।

छिमेकी झापा जिल्लामा पनि भारतबाट आउने मानिसहरुको ओहोरदोहोर बढेकाले यो नगरमा पनि संक्रमित बढ्ने अनुमानका साथ नगरले तयारी थालेको थियो। हाम्रो तयारी र नगरवासीको सर्तकता र सहयोगले अहिले कोरोना नियन्त्रणतिर रहेको छ। 

हालसम्म नगरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यी मध्ये अब सक्रिय संक्रमित १२ जना रहेका छन्। २० जना कोरोना संक्रमणमुक्त भएर घर फर्केका छन्। नगरका एक जनाले ज्यान गुमाउनुपर्दा दुख लागेको छ। भदौ १२ गते उनको मृत्यु भएको हो। ५६ वर्षीय मृतक मृगौलाको बिरामी थिए।

प्रकाशित मिति: : 2020-09-08 20:54:46

प्रतिकृया दिनुहोस्