नेपालको पहिलो उप–सभामुख कमल राणा भन्छिन्– बिपी जस्तो नेता अहिलेसम्म कोही छैन (भिडियोसहित)

कमल राणा। धेरैलाई चिनाइरहनु पर्ने नाम होइन। भर्खरै मात्र उनी ९३ टेकीन्। नेपाली इतिहासमा यिनको नाम धेरै ठाउँमा पहिलो छ। अर्थात उनले गरेको धेरै काम पहिलो बन्न पुगेको थियो।

२०१५ सालमा नेपालमा पहिलो पल्ट आम निर्वाचन भयो। नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला प्रधानमन्त्री भएको पहिलो संसदमा उनी पहिलो उप–सभामुख बन्न पुगिन्।

कमल नेपालमा अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो महिला खेलाडी पनि हुन्। उनी हाल विशालनगरस्थित एउटा अपार्टमेन्टमा बस्छिन्। बृद्ध अवस्थामा उनलाई आफ्नो कुरा गर्न केही समय लाग्ने नै भयो। तर, उनी आफ्नो राजनीतिक र खेल जीवनको रोचक कुरा बताउँदा निकै खुसी देखिइन।

व्यक्तिगत कुरा खोतल्न उनलाई खासै मन लाग्दैन। २०५६ सालमा जवान छोरा अनुप विक्रम राणालाई गुमाएकी कमलले केही वर्षअघि श्रीमान मिनशमशेर राणालाई पनि गुमाउनु पर्यो।

हिजोआज मिन भवनको नामले परिचित मिनशमशेरसँग उनको २००० सालमा बिहे भएको थियो।

नेपालका चर्चित मानवअधिकारवादी नेता ऋषिकेश शाहकी बहिनी कमलको विवाह १५ वर्षको उमेरमा नेपालको सातौं प्रधानमन्त्री श्री ३ महाराज जुद्धशमशेर राणाका छोरा मिनसँग भएको थियो।

कमलका बुहारी, नातिनी र पनातीहरु छन्। उनी २०१७ सालमा चीनको पेकिङमा आयोजना भएको अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा भाग लिने पहिलो महिला खेलाडी हुन्। उनीसँगै परासिया राणा पनि समावेश थिइन्।

विवाह भइसकेको हुनाले त्यति बेला उनी नेपालमा साडी लगाएर टेबल टेनिस खेल्थिन। तर, उनले चीनमा हाफप्यान्ट लगाएर खेल्नुपर्यो।

कमल २०१५ सालमा बनेको नेपालको पहिलो संसदको जीवित इतिहास पनि हुन्। त्यति बेला नेपालको संसदमा दुई जनामात्र महिला सदस्य थिए। बिपी कोइरालाको मन्त्री मण्डलमा द्वावारिका देवी ठकुरानी मन्त्री थिइन। कमल राजाबाट मनोनित सदस्य थिइन। उनी माथिल्लो सभाकी उप–सभामुख थिइन्।

नेपालबाट कमल विश्व महासभाको पनि पहिलो महिला उपाध्यक्ष हुन्। बिपी विपक्षी पार्टीको भए पनि कमलका अहिलेसम्मकै प्रिया नेता हुन्। बिपी प्रधानमन्त्री हुँदा कमललाइ उनको व्यवहार खुव मनपथ्र्यो।

भन्छिन् “बिपीबाबु जस्तो प्रधानमन्त्री अहिलेसम्म कोही भएन। सायद हुँदैन पनि होला कि ? उहाँ कसैसँग द्धेष नराख्ने। भेदभाव पनि गर्न नजान्ने। उनाई यो मेरो। त्यो पराई भन्ने भावनै थिएन।’

कमल उप–सभामुख हुँदै अध्ययनका नेशनल कलेज (हालको दरवार हाइस्कुल) जान्थिन्। उनी उप–सभामुख हुँदा बिएमा भर्ना भएकी थिइन। उनलाई संसदको कार्यवाही सुरु गर्दा सुरु सुरुमा खुब उडाउन खोज्द्थे। तर, उनी हिम्मत नहारी आफ्नो काममा सक्रिय हुन्थिन।

उनको राजनीतिक जीवनलाई लिएर बिएल नेपाली सेवाले तयार पारेको रिपोर्टः

प्रकाशित मिति: : 2020-09-09 09:20:00

प्रतिकृया दिनुहोस्