चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ।

काठमाडाैंको मेट्रो अस्पतालमा उपचारका क्रममा उनको गएराती २ बजे निधन भएको हो।

कलेजोमा समस्या आएपछि ४२ वर्षीय गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो। 

लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए। 

यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ। छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन। 

उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए।

प्रकाशित मिति: : 2020-09-09 11:51:31

प्रतिकृया दिनुहोस्