पदकमा गौरव, भत्तामा भेदभाव

हिमाल खबर

काठमाडौँ

निरञ्जन राजवंशी
एशियाली खेलकुदमा रजत पदक (एकल) जित्ने एक मात्र खेलाडी सविता राजभण्डारी र काँस्य पदक विजेता उनका श्रीमान् किशोर श्रेष्ठ अहिले अमेरिकाको सियाटलमा बस्छन्। यी जोडीले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पनि सँगै स्वर्ण पदक जितेका हुन्। 

नेपाली खेलकुदलाई सहयोग गर्न हुरुक्क हुने यो तेक्वान्दो जोडीको मन अहिले भने कुँडिएको छ। कारण हो– सरकारले विदेश बसिरहेका पदक विजेता खेलाडीहरूलाई गरेको विभेदकारी व्यवहार।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच वर्षअघि साग गेम्समा स्वर्ण जित्ने, एशियाली खेलकुदमा पदक प्राप्त गर्ने र ओलम्पिकका सहभागी खेलाडीहरूलाई विशेष खेलाडीको सूचीमा राख्दै ‘स्वर्ण सम्मान’ स्वरुप मासिक भत्ता दिने घोषणा गर्‍यो। 

यो कार्य खेलाडीहरूको योगदान खातिर गरिएको विशेष सम्मान अभियान थियो। तर अनौठो के भने नेपाली भूमि छोडेका खेलाडीहरू भने यस्तो सम्मानबाट बञ्चित बने। 
 

प्रकाशित मिति: : 2020-09-09 16:23:15

प्रतिकृया दिनुहोस्